भोली मंगलबार सार्वजनिक बिदा

वि.सं.२०८१ फागुन १९ सोमवार
1.8K
shares
shares

काठमाडौँ । माझी समुदायको लदी पर्वको अवसरमा बागमती प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा प्रदेश सरकारले माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिकाले लदी पर्वको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिएको छ ।
बागमती प्रदेशमा मकवानपुर सहित सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक सहितका क्षेत्रमा माझी समुदायहरूले लदी पर्वलाई मनाउने गरेका छन् । कोशी पूजाको रूपमा समेत प्रख्यात रहेको लदी पर्वमा माझी समुदायहरू आफ्ना भेषभुषमा सजिएर आफ्नो कला संस्कृतिको समेत जगेर्ना गर्ने गरेका छन् ।