मन्त्रिपरिषद्को बैठकमा पेश हुने २० एजेण्डामा १२ वटा विदेश भ्रमणको एजेण्डा आउन थाल्योः मन्त्री गुरुङ

वि.सं.२०८१ फागुन २० मंगलवार
1.6K
shares
shares

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले मन्त्रिपरिषद्को बैठकमा पेश हुने २० वटा एजेण्डामा १२ वटा विदेश भ्रमण स्वीकृतिको एजेण्डा आउन थालेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाल दूरसञ्चार प्राधिकरणको २७औं वार्षिकोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्रीदेखि कर्मचारीहरु विदेश भ्रमणमा लिप्त भएको बताएका हुन् ।
विदेश भ्रमणमा जाँदा सरकारको धेरै खर्च भएपनि उपलब्धी भने केही नदेखिएको उनको टिप्पणी छ । उनले आफूले विभिन्न देशको विदेश भ्रमणमा नगएको बताउँदै भने, ‘मन्त्रिपरिषद्को बैठकमा २० वटा एजेण्डा भयो भने १२ वटा एजेण्डा चाहीँ विदेश भ्रमणको हुन्छ । प्रधानमन्त्रीज्यूले बारम्बार भनिरहनु भएको छ । विदेश भ्रमणमा किन जाने, किन लिप्त हुने ? यो चिज अन्त्य गर्नुपर्छ ।’