वाणिज्य विभागमा महानिर्देशकको जिम्मेवारीमा कुमार दाहाल

1K
shares
Shine resunga department bank

काठमाडौं । आठ वर्षपछि फेरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव कुमार दाहाल आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार मन्त्रीस्तरी निर्णय गर्दै उनलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

 

विभागका महानिर्देशक राजन पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएपछि विभागमा महानिर्देशको पद रिक्त भएको थियो ।