सिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

858
shares
Shine resunga department bank

काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालको निर्देशकमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।निजामती कर्मचारी अस्पताल विकास समितिको बुधबार बसेको बैठकले डा. रेग्मीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।सिभिल अस्पतालमै कार्यरत डा. रेग्मी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।सिभिल अस्पतालको कार्यकारी निर्देशकका लागि रेग्मीसहित डा. रुद्र मरासिनी र डा. प्रमोद यादवको नाम सिफारिस गरिएको थियो ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित सिफारिस समितिले एक नम्बरमा डा. यादव, दुई नम्बरमा डा.मरासिनी र तीन नम्बरमा डा.रेग्मीको नाम सिफारिस गरेको थियो ।सिभिल अस्पतालको निर्देशक बन्नका लागि १० जनाले आवेदन दिएका थिए ।अस्पतालका यसअघिका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको कार्यकाल यही फागुन २५ गते सकिएको थियो ।