लघुकथा : आवेग

वि.सं.२०८१ फागुन २९ बिहीवार
shares

“ मध्यरातको समयमा कसले फोन गर्यो ? झझ भन्दै उनले फोन हेरे।
नेपालबाट दाजुको रहेछ । भन्नुभयो , ’’ ल , ल ! जति सक्छौ छिटो मिलाएर आउनु पर्यो । कान्छो छोरा बिरामी भएर आइ सि युमा भर्ना गरी राखेको छ ।
राति नै टिकटको लागि अनलाइन चाहारे । काम कुरा सबै थाँती राखेर एयरपोर्ट पुगे । श्रीमान मोबाइलमै बि जी भए । के भएको हो ? चारैतिर कल गरेर उनी बुझ्दै थिए ।
उनले विलौना गरिन् , ’’ यिनैका लागि भनेर दुबैजना विदेश आइयो । एउटाले नछोडेको भए नि हुन्थ्यो । कमसेकम आफ्नो आँखा अगाडि त रहन्थे । मेरो त हातखुट्टै लागेको छैन । सामान्य बिमारी भएको भए दाजुले किन हिँडि हाल भन्नुहुन्थ्यो र ?
काठमाडौं एयरपोर्टबाट उनले आत्तिदै दाजुलाई फोन गरे , ’’कुन हस्पिटल आउँने हो ?
दाजुले भने , ’’ तिमीहरु नआत्तिकन घर आओ । अहिले होश आएको छ ।
घरमा पुग्दा मान्छे भरिभराउ थिए । बिरामी हेर्न आएका होलान् भनेर दाजुलाई छोराको बारेमा सोधे , ’’ छोरा अस्पतालमै छ कि घर ल्याएको हो ?
दाजुले भने, “ अब छोरो रहेन , भाइ ! केटीको चक्करमा मोरोले सुसाइड गर्यो ।“
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर