बढुवामा अन्याय भएको भन्दै डा. संगिता मिश्रको असन्तुष्टि

1.8K
shares
Shine resunga department bank

काठमाडौं । बढुवामा अन्याय भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डा.संगिता कौशल मिश्र एक सातादेखि बिदामा बसेकी छन् । बरियतामा आफूभन्दा पछिका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी असन्तुष्ट थिइन् ।

 

मन्त्रीपरिषदले सचिव बढुवा गर्ने निर्णय लिएको भोलिपल्टैदेखि मिश्र विदामा बसेकी हुन् । स्वास्थ्यमन्त्रीले आफूलाई विभेद गरेको उनको आरोप छ ।

 

मन्त्रालय स्रोतका अनुसार मिश्रले एक साताका लागि विदा लिएकी थिइन् । उनले मागेको विदा आजबाट सकिएको छ । आइतबारपछि पनि विदा बस्न चाहेमा उनले अर्को निवेदन दिन सक्ने मन्त्रालय स्रोतको भनाइ छ ।

 

मिश्र बिदा बसेपछि स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटीलाई दिएका छन् । डा. देवकोटा सचिव भएसँगै विभागको महानिर्देशक खाली भएको थियो । देवकोटासँगै स्वास्थ्य सचिवमा सिफारिस भएका बाराकोटीलाई मन्त्रीले महानिर्देशक बनाएका हुन् ।

डा.बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औँ तहमा अतिरिक्त सचिवमा रुपमा मन्त्रालयमा कार्यरत थिए । स्वास्थ्यमन्त्री पौडेलले गत फागुन २७ मा मन्त्रीस्तरीय निर्णय गर्दै बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

 

यसैबीच स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा.रघुराज काफ्लेले पनि बोर्डमा पुगेर पदबहाली गरेका छन् । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

 

काफ्लेले स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्य भएर स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिएका थिए । उनी यसअघि गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्ष थिए भने त्यस अघि बैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक थिए ।

 

यो पनि पढ्नुहोस्:

 

संगिता मिश्रा सचिव नबन्नुका यी ५ कारणहरु हेर्नुहोस्

 

Sharestha treating