एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा, अध्यक्षको लागि बाटो खुल्ला

1.1K
shares
Shine resunga department bank

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।

 

महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसाय रहेको उल्लेख गरेका छन् ।

Sharestha treating