आफूलाई युवाको रोलमोडल दावी गर्ने गगन थापाको यो हदको बदमाशी ?

1.8K
shares
Shine resunga department bank

 

काठमाडौ ।काग्रेसका एकजना महामन्त्री गगन थापाले लुम्बिनीको विभिन्न स्थानमा भ्रमणमा जादा तडकभडक देखाएको भन्दै पार्टीको महामन्त्रीले पनि सरकारी सुविधा पाउन थालेको भन्दै आलोचना हुन थालेको छ ।

 

दाइभाउजु कम्पनीका एकजना महामन्त्रीले दाङ जाँदा लामै कारकेड प्रयोग गरेको देखियो भन्दै एकजना अभियन्ता शारदा त्रितालले सामाजिक सन्जालमा आवाज उठाउनु भएको छ ।

 

आफुलाई वि पि कोइरालाको नेपाली कांग्रेसको सिद्धान्तप्रति वफादार मान्ने महामन्त्री यस्तै रवाफी बन्दै जाने हो भने अरु भन्दा फरक नभएको उनको भनाइ छ ।

 

कारकेडमा सरकारी गाडीहरु पनि देखिए थिए । पार्टीको कार्यक्रममा जाँदा सरकारी गाडीको प्रयोग गर्नु पनि शायद वि पि द्वारा हुर्काइएको नेपाली कांग्रेसको सिद्धान्तभित्रै पर्ने विषय हो ।

 

सत्ता साझेदार दलको नेता भएर यस्तो सुविधा पाएको पो हो कि । अथवा दाइभाउजु कम्पनीको सिद्धान्तमा चलेको पो हो कि ?

 

प्रधानमन्त्रीले सरकारी हेलिकोप्टर प्रयोग गरेर पार्टीको कार्यक्रममा जान हुन्छ भने सत्तासाझेदार पार्टीको महामन्त्रीले अलि अलि त प्रयोग गर्न पाउनु पर्यो नि भनेर यसो गरिएको पो हो कि ?

 

बुझि नसक्नु पो भयो हौ नेपालको शासकीय प्रवृत्ति पनि ।

Sharestha treating