ह्याम्स अस्पतालको नक्कली डाक्टरको नाम वेवसाईट बाट हटाईयो

वि.सं.२०८१ चैत ३१ आइतवार
shares

काठमाडौं । ह्याम्स अस्पतालमा नक्कली डाक्टर भएको पुष्टि भएको छ । केही दिनअघि ह्याम्स अस्पतालमा नक्कली डाक्टर शिर्षकमा समाचार प्रकाशन भएको थियो । अस्पतालको वेवसाईटमा आरएस भण्डारीको नामको अगाडि ( Dr ) अथवा डाक्टर लेखिएको थियो । यस बिषयमा समाचार सिंहदरवारन्यूजले समाचार प्रकाशन गरेपछि अहिले भण्डारीको नामको अघिल्तिर भएको डक्टर उपामा हटाईएको छ ।
योसँगै अस्पताल प्रशासनले गरेको बदमाशीको पुष्टि भएको हो । यो पुष्टिसँगै अस्पतालमा अरुपनि नक्कली डाक्टर हुन सक्ने भन्दै सम्वन्धित निकायमा उजुरी परेको छ । मेडिकल काउसिन्सलदेखि साईवर व्यूरोमा पनि अधिकारकर्मीहरुले उजुरी गरेका छन् । यसरी नपाएको पद वेवसाईमा लेखेर ठगी गरेको बिषयमा अदालती प्रकृया पनि सुरु हुने अधिवक्ता बासुदेव ज्ञवाली बताउँछन् । कसैले पैसा लिएर दिएको पद अस्पतालको वेवसाईटमा नै लेख्नु ठगी तथा कीर्ते काम हुने अधिबक्ता ज्ञवालीको भनाई छ ।
वेवसाईटमा डाक्टर लेखिएका आरएस भण्डारी अथवा रामशरण भण्डारी गाउँकै महेन्द्रोदय माध्यामिक बिद्यालयमा प्रवेशिका परिक्षा बल्लतल्ल उतीर्ण भएको एक थापा थरका पत्रकारले बताए । उनका अनुसार भण्डारीले बिज्ञान वा पिएडी कक्षामा कहिल्यै भर्ना भएका छैनन् । तर, उनले नामको अगाडि डाक्टर ( Dr ) लेखेर कीर्ते काम गरिरहेका छन् । उनले समाचार प्रकाशन भएपछि वेवसाईटमा उक्त उपमा हटाउनु नै बदमाशीको पुष्टी भएको अधिवक्ता ज्ञवाली बताउछन् ।
सर्जिकलका सामानको ओसार पसार गर्ने भण्डारी अकुत सम्पत्तिका मालिक हुन् । काठमाडौं,भक्तपुर र सिन्धुपाल्चोकमा पनि अस्पताल सञ्चालन गरेका भण्डारीले राजनीतिक आडमा भ्रष्टाचारजन्य काम पनि गरेको उनका एक आफन्तले बताए ।