नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने बिरुद्ध भ्रष्टाचार मुद्दा

879
shares
national life insurances
Nabil bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आयोगले मंगलबार सिरहाको महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगरविरुद्ध अध्यापन अनुमतिपत्र झुट्टा/नक्कली पेस गरी जागिर खाएको आरोपमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेले जानकारी दिए ।

 

मगरले उक्त विद्यालयको मा.वि. तहमा नियुक्ति हुनका लागि झुट्टा अनुमतिपत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज टिका भन्ने टिक बहादुर मगरले शिक्षक सेवा आयोगबाट जारी भएको नि.मा.वि. तहको अध्यापन अनुमति पत्रलाई मा.वि. तहको बनाई पटक पटक झुट्टा कागजात पेस गरी हालसम्म जागिर खाएको पुष्टि भएको आयोगले जनाएको छ ।

 

उनले नक्कली राष्ट्रसेवक कर्मचारीको रूपमा ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन माग दाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले बताए ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited