सत्ता पक्षीय दलका शीर्ष नेताहरुको बैठक बस्दै

930
shares
Shine resunga department bank

काठमाडौँ । सत्ता पक्षीय दलका शीर्ष नेताहरुको बैठक बुधवार बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ। विभिन्न चरणमा वार्ता हुँदा पनि अहिलेसम्म शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन।

 

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिको बैठकमा छलफल चलिरहेको छ। चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा पनि छलफल हुनेछ ।

everest Bank
Sharestha treating