‘कृषि विकास विधेयकमाथि छलफल : नागरिक समाज र संघ संस्थाको सक्रिय सहभागिता

वि.सं.२०८२ वैशाख २६ शुक्रवार
shares

काठमाडौं । कृषि विकास सम्बन्धमा व्यवस्थाहरू गर्न बनेको विधेयक 2081 को तेस्रो महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक भएपछि सो विधेयकको प्रभाव र समावेशीता विषयमा फियान नेपालले संस्थाको अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा शुक्रबार बबरमहल, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बृहत छलफल गरेको छ ।
‘कृषि विकास विधेयक २०८१’ को प्रभावकारिता मूल्यांकन तथा प्रतिनिधिसभामा प्रस्तुत गर्नुपर्ने सिफारिस तय गर्न गैरसरकारी संघसंस्था र नागरिक समाजबीच गहिरो छलफल गरिएको छ।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा कृषि विज्ञहरू लगायत विभिन्न ३० भन्दा बढी संघ-संस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।प्रतिवेदन प्रस्तुतिपछि उपस्थित सहभागीहरूले सामूहिक सहभागीहरूले प्रस्तावित बिधयेक नेपालकाे संविधान काे भावना र माैलिकहकले सुनिश्चित गरेको अधिकार कटाैति गर्न खाेजेकाेले ऐन निर्माण प्रकृयामा बिशेष चासाे राख्नुपर्ने भन्दै आफ्नो टिप्पणी, सुझाव तथा धारणा राखेका थिए