नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन: एमाले निर्णायक राष्ट्रिय शक्ति बन्न अत्यावश्यक प्रधानमन्त्री वली
वि.सं.२०८२ जेठ ५ सोमवार
shares
नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नुु अत्यावश्यक भएको बताएका छन्। “समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रुपमा विकसित गर्न हामी लाग्नुुपर्छ । “हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरुले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुुष्मन हो । विपक्षीहरुले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।’’ अध्यक्ष वलीले बताएका छन् ।
कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।




























