कांग्रेस महामन्त्री गगन थापाको आक्रोशः “प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ”

1K
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई तत्काल छोड्नुपर्ने बताएका छन् । उनले आन्दोलनका क्रममा भएका दमनका घटनापछि प्रधानमन्त्रीले पदत्याग गर्नुपर्ने र कांग्रेसले सरकारमा एक दिन पनि थप बस्न नसक्ने चेतावनी दिएका हुन् ।

थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अवाेध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’

उनले कांग्रेसले तत्काल सरकार छाड्नुपर्ने भन्दै यसबारे पार्टीको बैठकमार्फत निर्णय गराउने दृढता व्यक्त गरेका छन् ।

civil hospital
Hams Hospitals