कार्कीको काँधमा आईजीपीको फुली
वि.सं.२०८२ कात्तिक २७ बिहीवार
606
shares
shares
काठमाडौँ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् ।
अब अर्को कार्कीको पालो : दानबहादुर कार्की आईजीपी बनेसँगै ईश्वर कार्की बढुवाको लाइनमा
































