एमाले फर्किए महाधिवेशन प्रतिनिधि पक्का

1.6K
shares
national life insurances
Nabil bank

 

एमालेमा प्रवेश गरेकाहरुलाई महाधिवेशन प्रतिनिधि पक्का हुने भएको छ । घर फर्क अभियान अन्तर्गत पार्टीमा फर्किएका तत्कालीन दलका केन्द्रीय सदस्यहरूलाई एमालेले महाधिवेशन प्रतिनिधि बनाउने भएको हो ।

 

बिहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘घर फर्क अभियानमा जोडिएका केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको छ,’ ज्ञवालीले बैठकका निर्णयबारे जानकारी गराउँदै भने । एमालेको दशौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited