चार महिनामा ६ खर्ब ९ अर्बभन्दा बढीको आयात, पेट्रोलियम पदार्थ नै सबैभन्दा धेरै
वि.सं.२०८२ मंसिर ७ आइतवार
shares
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म (४ महिना) नेपालले ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.७१ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ।गत वर्ष यही अवधिमा आयात ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ मात्र थियो।
चार महिनामा नेपालले ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ,जसले कुल आयातमा सबैभन्दा धेरै हिस्सा ओगटेको विभागको तथ्यांकले देखाएको छ।पेट्रोलियमपछि दोस्रो धेरै आयात हुने वस्तु फलाम तथा फलामजन्य सामग्री,तेस्रोमा तेल तथा घ्युजन्य खाद्यवस्तु रहेका छन्।
भन्सार विभागद्वारा सार्वजनिक तथ्यांकअनुसार चार महिनामा:
फलाम तथा फलामजन्य वस्तु : ५७ अर्ब ८८ करोड ८८ लाख,तेल तथा घ्युजन्य वस्तु : ५० अर्ब १७ करोड ६ लाख,विद्युतीय उपकरण : ४३ अर्ब ३८ करोड २ लाख,बोइलर मेसिन तथा मेसिनरी पार्ट्स : ४० अर्ब ५९ करोड २६ लाख,सवारीसाधन तथा पार्टपुर्जा : ३७ अर्ब ६९ करोड ५ लाख,मोती, पत्थर तथा यस्तै वस्तु : २४ अर्ब ४१ करोड ७३ लाख,प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु : २१ अर्ब ८९ करोड ३५ लाख,फलफूल तथा तरकारी : २२ अर्ब २३ करोड २९ लाख,खाद्यान्न : १५ अर्ब ७४ करोड १४ लाख
यसले नेपालको आयात संरचना ऊर्जा, उद्योग–निर्माण, खाद्यान्न तथा उपभोग्य वस्तुमै मुख्य रूपमा केन्द्रित रहेको देखाउँछ।आयात वृद्धि भए पनि निर्यातले त्यति दोस्रोपटक पर्याप्त उछाल नल्याएकोले व्यापार घाटा अझै उच्च स्तरमै रहने संकेत अर्थविश्लेषकहरू बताउँछन्।
































