नेपाल राष्ट्र बैंकद्वारा दुई मनीचेञ्जरको अनुमति खारेज
वि.सं.२०८२ मंसिर ७ आइतवार
1.1K
shares
shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनीचेञ्जरको अनुमति पत्र खारेज गरेको छ। केन्द्रीय बैंकका अनुसार, अनुमति पत्र समयमै नवीकरण नगरेकाले लर्ड बुद्ध मनी एक्स्चेञ्ज र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरिएको हो।
नेपाल राष्ट्र बैंकले जनाएको छ कि, सुन्धारा, काठमाडौंमा रहेको यी मनीचेञ्जरले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार आवश्यक नवीकरण कार्य समयमा पूरा नगरेका हुन्।
नियमावलीअनुसार, म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेको अवस्थामा इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ। यसै प्रावधान अनुसार नेपाल राष्ट्र बैंकले अनुमति खारेज गर्ने निर्णय गरेको हो।
































