जेलमै भेटिए सुदन गुरुङ र रवि लामिछाने: देश निर्माणका लागि एक हुने साझा प्रतिवद्धता

3K
shares
Nabil bank

काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले बिहीबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन्। गुरुङले लामिछानेसँगको भेटमा वैकल्पिक राजनीतिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए, जसमा लामिछाने सकारात्मक देखिएको उनले बताए।

गुरुङका अनुसार भेटमा आफूले सबै वैकल्पिक शक्ति एकजुट भएर देश निर्माण, सुशासन र भ्रष्टाचारविरोधी अभियानमा जुट्नुपर्ने कुरा राखे।
लामिछानेले यो प्रस्तावप्रति सकारात्मक संकेत दिएका छन्।

भेटका क्रममा सहकारी ठगी प्रकरणबारे कुरा हुँदा रवि लामिछानेले आफूलाई अन्याय भएको दाबी गरे।
गुरुङका अनुसार लामिछानेले भनेः“ममाथि छानबिन गर्ने भए अर्को आयोग बनाएर भए पनि छानबिन होस्, म दोषी भए अझै छानबिन होस्। तर, अहिलेझैं केवल दोष लगाइरहने हो भने दुई सय वर्षसम्म पनि लडेर भ्याउदिनँ।”

लामिछानेले जेनजी आन्दोलनलाई रास्वपाले पहिलेबाटै साथ दिएको र अब खुलेर समर्थन गर्ने प्रतिबद्धता जनाए।
उनले गुरुङलाई भनेका थिएः“जेनजीको भ्रष्टाचारविरुद्धको मुद्दा सबैले उठाए पनि आफैं फेरि भ्रष्टाचार गर्ने अवस्था नहोस्। तपाईँहरूको मुद्दामा अब रास्वपा खुलेर लाग्छ। म र मेरो पार्टी तपाईँहरूको ‘ब्याक’मा छौँ।”

गुरुङका अनुसार रवि लामिछानेले देश बनाउने अभियानमा एक भएर अघि बढ्न पनि आग्रह गरेका छन्।सुदन गुरुङ–रवि लामिछाने भेटपछि जेनजी आन्दोलन र वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावना अझ बलियो बन्दै गएको देखिएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited