सुनको मूल्य आज पनि घट्यो, हेर्नुहोस् कति पुग्यो आज

1.1K
shares
Nabil bank

काठमाडौँ । आज पनि सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ ।

 

त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited