राजस्व अनुसन्धानमा मस्ती मारेका बिसी मालदार मालपोतमा प्रमुख हुन चलखेल गर्दै भूमि व्यवस्था मन्त्रालय पुगे
वि.सं.२०८२ पुस २१ सोमवार
shares
काठमाडौँ । लामो समयसम्म राजस्व अनुसन्धान बिभागमा बसेर अकुत आर्जन गरेका उपसचिव राजनकुमार बिसी मालपोत कार्यालयमा कस्ती मार्न भूमि मन्त्रामलय सेटिगमा पुगेका छन् । राजनीतिक संरक्षणमा रावस्व अनुसनधानमा व्यवसायीहरुको हुर्मत लिएका बिसी सोही रकम प्रयोग गरेर मालपोत प्रमुख हुने ध्यानमा लागेका हुन् । उपत्यकाका मालदार मानिने मालपोत कार्यालयका प्रमुखहरु सरुवा गरेर उक्त ठाउँमा बिचौलियाहरुले मालमोलाईमा प्रमुख लैजाने योजना बनाइरहेका छन् । एमालेको आडमा मस्ती मारिका बिसीलाई उनै बिचौलियाले भूमि मन्त्रालयमा लगेको सिंहदरवारमा चर्चा छ । राजस्वमा अवैध आर्जनमा लिप्त भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तानिएका बिसीले अनेक तिकडम लगाएर भूमि मन्त्रालय सरुवा गराएको उनको समकक्षीहरु बताउँछन् । आईतवारमात्र उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् ।
सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो ।
सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ ।
भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन् ।
उपत्यकाका यी कार्यालयहरुमा बिचौलियाको बिगबिगी हुने गरेको र त्यसमा कर्मचारीहरुको संलग्नता हुने गरेको गुनासो आउने गरेको छ ।
बर्षौदेखि बीसीको राजस्वमै रजगज
राजस्व अनुसन्धान विभागमा छायाँ डीजीको उपमा पाएका बीसीले २ र ३ नम्बर अनुसन्धान महाशाखाको प्रमुखको जिम्मा पाएका थिए । उनी राजस्व चुहावट गर्नेहरु र तस्करहरुको संजालसँग लामो समयदेखि जोडिएका उपसचिव हुन् । यसअघि राजस्व अनुसन्धान कार्यालय पथलैया र बुटवलको प्रमुख रहिसकेका बीसी विभागको शक्तिशाली निर्देशक मानिन्थे ।
लेलेबाट बिलबिजकमा बदमासी गरी राजस्व छली गरेको भेटिएपछि समातिसकेका ६ वटा टिफर सेटिङमा छाडिएको घटना प्रतिनिधि उदाहरण मात्र हो, राजस्व अनुसन्धान विभागका बीसी जस्ता निर्देशकहरु पछिल्ला दिनमा राजस्व चुहावट गर्नेहरुसँगै मिलेर लाभ लिइरहेका छन् । पथलैया र बुटवलको राजस्व प्रमुख हुँदा पनि बीसीले तस्कर ब्यापारीहरुसँग लाभ लिएको आरोप थियो ।
ब्यापारीहरुलाई तर्साउने र मोलतोल गर्ने बदनाम बिचौलिया उपेन्द्र शाहीसँग पनि निर्देशक बीसीको घनिष्ठ सम्बन्ध रहेको थियो । शाहीकै कारण विगतमा बिभाग बदनाम भएको थियो । उनले डिपार्टमेन्टल स्टोरका संचालकसँग करोडौंको बार्गेनिङ गरेको बिषय संसदमै उठेको थियो ।
































