सिड्स नेपाल धादिङमा नयाँ ऊर्जा: गंगा सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति

2.9K
shares
Nabil bank

धादिङ । चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज (सिड्स) नेपालले आफ्नो ३१ औँ वार्षिक साधारण सभा तथा १६ औँ अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ।

 

संस्थाको कार्यवाहक अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रपछि भएको बन्द सत्रले गंगा सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

 

निर्वाचन मण्डल संयोजक पुरुषोत्तम रुपाखेती तथा सदस्यहरू उर्मिला रेग्मी रुपाखेती र लावण फुयाँलले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो।

 

नव–निर्वाचित कार्यसमिति अनुसार अध्यक्षमा गंगा सुवेदी, उपाध्यक्षमा कल्पना रुपाखेती, सचिवमा दिलबहादुर रम्तेल, सह–सचिवमा सुयश बिक्रम राणा तथा कोषाध्यक्षमा रित्ता परियार चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा भिमसेन लामा, सुशीला सुवेदी, नवराज अर्याल र प्रेमराज तामाङ रहनुभएको छ।

 

यसैगरी, लेखा समिति संयोजकमा केशव रुपाखेती र सदस्यमा नर्मदा अर्याल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

 

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले संस्थाको समग्र अवस्था, हालसम्म सञ्चालन गरिएका गतिविधि तथा भावी कार्ययोजनाबारे जानकारी गराउँदै सिड्स नेपाललाई अझ सुदृढ, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी दिनमा ग्रामीण विकास, सामाजिक सशक्तीकरण तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन्।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited