नापीका १५९ कर्मचारी अदलबदल

  काठमाडौं । नापी विभागअन्तर्गतका १५९ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ। कर्मचारीको अदलबदलसँगै विभिन्न नापी कार्यालयको जनशक्ति व्यवस्थापनमा फेरबदल भएको छ। सरुवामा मापदण्ड, कार्यसम्पादन र कर्मचारीको आवश्यकतालाई कत्तिको प्राथमिकता दिइयो भन्ने विषय भने चासोको विषय बनेको छ।