नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ,दीपेन्द्र पहिलो पटक नेपालको बेन्चमा

काठमाडौं । एसीसी प्रिमियरको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ ।

दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।

आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

केहीदिन देखि लगातार पानी परिरहेका ले आजको खेल पनि अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङको खेल २० ओभर सम्म भए डकवर्थ लुईस पद्धतिबाट खेलको नतिजा लिइनेछ । त्यो पनि हुन नसके र सुपर ओभर गर्ने समय रहे सुपर ओभरबाट नतिजा लिइने छ ।

पहिलो सुपर ओभर टाई भए , दोस्रो सुपर ओभर हुनेछ । यदि त्यो पनि टाई भए, एक दिवसीय वरियतामा अघि रहेको टिमले एसिया कप खेल्नेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro