चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आउने

Ghorahi cement

काठमाडौं । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउने भएका छन् ।

नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय बैठक बस्नेछ । नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शिर्ष नेताहरुसग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro