शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छ : शिक्षामन्त्री 

942
shares
Nabil bank

धादिङ, फागुन २६।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनसार कार्यान्वयन गर्ने बताउनुभएको छ । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको बताउनुभयो ।

‘शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरु उठेका छन्’ मन्त्री पौडेलले भन्नुभयो, ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’

संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको बताउनुभयो ।

मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताउनुभयो ।

‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।’

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited