कोरोनाका कारण चीनको अवस्था फेरि नाजुक बन्दै

कोरोनाका कारण चीनको अवस्था फेरि नाजुक बन्दै गएको छ । यहाँ सन् २०२० पछिको सबैभन्दा खराब अवस्था भनिएको छ । बढ्दो केसका कारण चीनका धेरै ठाउँमा चिकित्सा स्रोतको अभाव महसुस भइरहेको छ। विज्ञहरूका अनुसार आगामी हप्ताहरूमा चीनको स्वास्थ्य सेवामा दबाब बढ्न सक्छ ।

पछिल्लो १० हप्तामा चीनमा १४ हजारभन्दा बढी काेराेना संक्रमितहरु थपिएका छन् । ओमिक्रोनका कारण केसहरू तीव्र गतिमा बढ्दै गएको विश्वास गरिन्छ। यस्तो अवस्थामा चीनले धेरै सहरमा लकडाउन लगाउनु परेको छ । यसले चिनियाँ अर्थतन्त्रमा पनि असर पार्न सक्ने आशंका गरिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro