सुनको मूल्य हालसम्मकै उच्च

1.2K
shares
Nabil bank

काठमाडौं । सुनको मूल्य सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले एक हजार ४२५ रुपैयाँ निर्धारण भएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited