उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धको रिटमा सुनुवाइ हुँदै
वि.सं.२०७८ चैत ८ मंगलवार
1.7K
shares
shares
काठमाडौं । निर्वाचन आयोगले कायम गरेको आचारसंहिताविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
यसअघि निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम गरिएको थियो । साेही व्यवस्था गरिए पछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको हाे ।
































