आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निशूल्क टिकट पाउने मौका

1.4K
shares

काठमाडौँ, १८ फाल्गुन २०७८ । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निशूल्क उडान टिकट पाउनु हुनेछ।

हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो ।

निशूल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउनु हुनेछ । सो अफर सिमित अवधिको लागि मात्र चल्ने छ । अफर अवधि भरी ५ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जस मध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउनु हुनेछ ।

आइएमई पेको बारेमा 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धन गरिएको आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्ट मार्फत विभिन्न किसिमको झुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यत्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ् सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

यती एयरलाइन्सको बारेमा

सन् १९९८ मा एउटा एयरक्राफ्टबाट नेपालमा आन्तरिक हवाई उडान सेवा सुरु गरेको यती एयरलाइन्स आज दुई दशकभित्र देशकै ठुलो आन्तरिक एयरलाइन्स अपरेटर हुन पुगेको छ । तारा एयरसँग मिलेर यती एयरलाइन्सले नेपाल भरी साना–ठुला सम्पूर्ण विमानस्थलहरुमा हवाई उडान सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई सुरक्षित र अनुसुचित समय मै उडान सेवा प्रदान गर्न प्रतिवद्ध यती एयरलाइन्सले सदैव आफ्नो सेवाहरुमा ग्राहकको सहजतालाई प्राथमिकता दिने गरेको छ ।

तारा एयरसँगै यती एयर्लाइन्सले पुर्वमा भद्रपुरदेखि पश्चिममा धनगढीसम्म साथै अन्नपूर्ण र सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइटको सेवा पनि प्रदान गर्दै आएको छ ।

civil hospital
Hams Hospitals