रमेश हमाल भ्रष्टचारी हो, कठघरामा उभ्याउन पर्छ: अम्रेश कुमार सिंह

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा ठूलो भ्रष्टचार गरेको संसदमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल धितोपत्र बोर्ड (सेवोन)का अध्यक्ष रमेश हमाललाई भ्रष्टाचार मुद्दामा छानविन गर्न सांसद डा अमरेश कुमार सिंहले माग गरेका हुन् । उनले प्रतिनिधि सभामा बोल्दै भने, ‘नेपाल र थाईल्याण्डमा अर्बको सम्पत्ति रहेको अर्बपति हमाल नेता र व्यापारीको लागि काम गर्न अर्बपति भरियाका रुपमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने धन्दामा लागेका छन् । तर, उनको धन्दा अब धेरै दिन टिक्न कठिन हुनेछ ।’

नयाँ स्टक एक्सचेन्जको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउँदै उनले लाइसेन्स वितरणका नाममा अर्बौ रुपैयाँ घुस सेटिङ गर्न नेता र व्यापारी मिलेर गरिएको खतरनाक गेमको रुपमा समेत चर्चा समेत गरे । सांसद डा सिंहले भने, ‘सभामुख महोदय, भ्रष्टाचारजन्य घटनाको जवाफ सरकारले दिनुपर्छ ।’

स्टक एस्क्चेञ्जको नयाँ लाइसेन्स वितरणलाई उनले प्रश्न गर्दै भने, ‘के सर्वोच्च अदालतलाई प्राईभेटलाई दिन मिल्छ ? नेपाल सरकारलाई प्राइभेटलाई दिन मिल्छ ? ’ उनले नेपालको अर्थतन्त्र नेपालको अर्थतन्त्र नेपालीको हातमा हुनुपर्ने बताउँदै सरकारले दुई चार अर्ब रुपैयाँ घुस खानको लागि अर्थतन्त्र नै विदेशीलाई दिन खोजेको आरोप लगाए ।

 

यतिबेला लगानीकर्ताहरुलाई सजिलो र दायरा फराकिलो पार्न ब्रोकर लाइसेन्स आवश्यक भएपनि नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले व्यापारी र पूर्व प्रधानमन्त्री पत्नी डा आरजु राणा र उनकी छोरा (विदेशी) सँग मिलेर अर्बौ रुपैयाँ घुसको सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्य अघि बढाइरहेको समेत आरोप लगाए ।

Shangri-la Development Bank Ltd.
Nepali patro