समृद्घि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

1.5K
shares

समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । यहि चैत्र १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाण्डौमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेको फाइनान्सका व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिनुभएको छ। साथै, ई–क्यालेन्डर पनि आफ्नो आधिकारीक अनलाईन पेज फेसबुक, इस्टाग्राम र टुइटर र वेभसाइट मार्फत सार्वजनिक गरेको छ ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।

civil hospital
Hams Hospitals