माैसम अपडेट : देशभर हल्का देखि मध्यम बर्षाकाे सम्भावना
वि.सं.२०७८ चैत १६ बुधवार
1.4K
shares
shares
आज र भोलि देशका विभिन्न स्थानमा हल्का देखि मध्यम बर्षाकाे सम्भावना रहेकाे छ । आज र भाेलि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने तथा पर्सि भने प्रदेश १ मा मात्र वर्षाको मौसमविदले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार वर्षा क्षणिक र हल्का खालको हुने तथा बादल लागेर धुम्म हुने अवस्था भने पछिसम्म पनि कायम रहने उनले बताइन्।
हाल मार्च १ देखि मे महिनाको अन्तिमसम्मको अवधिलाई प्रिमनसुन अवधि रहने तथा साे अवधिमा हावाहुरी चल्नुका साथै मेघ गर्जन र चट्याङ बढी पर्छ । त्यसैले चट्याङबाट जोगिन विशेष सावधानी अपनाउनु पर्ने मौसमविदको सुझाव रहेकाे छ ।





























