घट्यो सुनकाे मूल्य, कत्तिमा हुँदैछ काराेबार?

1.4K
shares
Shine resunga department bank

काठमाडौं । निरन्तर उकालो लागेको सुनकाे मुल्य आज भने ३५ सयले घटेकाे छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ३५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख एक हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला १४५० रुपैयाँमा कारोबार भएकोमा आज ४५ रुपैयाँले घटेर प्रतितोला १४०५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ ।

Can