सुनकाे मूल्य प्रतितोला एक लाख नजिक

वि.सं.२०७८ फागुन २० शुक्रवार
1.4K
shares
shares

काठमाडौं । सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँले वृद्धि भएको छ । हिजाे ९९ हजारमा कारोबार भएकाे सुन आज (शुक्रबार) ९ सयले बढेर ९९ हजार ९ सय कायम भएकाे हाे ।
त्यस्तै शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।