रामकुमारी झाँक्री मन्त्रीबाट चैट

Ghorahi cement

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हेरफेरको निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री परिवर्तनको निर्णय गरेको हो।

नेकपा एसले रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर मेटमणि चौधरीलाई शहरी विकासमन्त्री बनाउने भएको छ।

सरकारमा नेकपा एसको तर्फबाट एक राज्यमन्त्रीसहित पाँच मन्त्री सहभागी छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ छन्।

Nepali patro