इलामबाट अभिनेत्री एलीजा गौतम चुनाव लड्दै , पार्टी कुन ?

Ghorahi cement

काठमाडौँ । अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् ।

 

म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् ।थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।

 

एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

Nepali patro