दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने

Ghorahi cement

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईं आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारीमा जुटेका छन् ।

 

प्रसाईं समूहले मङ्सिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको प्रसाईं समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले  जानकारी दिए ।

 

उनले भने– ‘सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउने कडा प्रतिपक्ष देखिएन । हामी चाहिँ कडा प्रतिपक्षको भूमिका निभाउने गरी वडादेखि जिल्ला हुँदै केन्द्रसम्म नागरिक सरकार घोषणा गर्दैछौं ।’

 

उनले ‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने बताए । सरकारले गरेको बेथिति र अत्याचारका विरुद्ध आवाज उठाउने उनले बताए ।

 

उनले भने– ‘हामी नागरिकहरूको सरोकारको विषयमा आवाज उठाउँछौँ । महँगो ब्याजदर, भ्रष्टाचार, महँगी लगायतका विषय समेटेर आवाज उठाउने काम गर्ने हाम्रो लक्ष्य छ ।’

 

उनले स्थानीय तहदेखि केन्द्रसम्म सरकार बन्ने घोषणा गरे । प्रदेश आफूले नमान्ने भएकाले प्रदेशमा भने यो सरकार गठन नगर्ने उनले बताए ।

 

मङ्सिर ७ गते सुरु भएको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को काठमाडौँ केन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने तयारी गरिएको छ ।

Nepali patro