राष्ट्रसेवक कर्मचारीहरुका लागि अध्यात्मिक ज्ञान र मार्गको सान्र्दभिकता

Ghorahi cement

राष्ट्रसेवक कर्मचारीहरुले आफुलाई तोकिएको कार्य जिम्मेवारी आध्यात्मिक रुपले सम्पन्न गर्न सक्नु पर्दछ । काम गर्दा अध्यात्मिक भावका साथ सम्पन्न गर्ने हो भने मात्र कार्यक्षमता र दक्षता अभिबृद्धि गर्न सकिन्छ । अध्यात्मिक ज्ञान जसले राष्ट्रसेवक कर्मचारीहरुलाई स्व–अनुशासित, स्व–संयमित, शान्त, सहनशील, गुणवान्, चरित्रवान् र नैतिकवान् व्यक्तित्व प्रदान गर्न सक्दछ। राष्ट्रसेवक कर्मचारीहरुलार्ई एक असल राष्ट्रसेवक कर्मचारीहरु बनाउन सकोस् जसले सबैलाई मनसा, वाचा, कर्मणा र व्यवहारले सुख र खुशी बाँड्न सक्छ । राष्ट्रसेवक कर्मचारीहरुले अध्यात्मिक मुल्य र मान्यताहरुलाई व्यवहारमा अवलम्वनगरी जीवनमन साधना गर्न सक्नु पर्दछ ।यसले स्वव्यवस्थापनमा जोड दिने भएकाले स्वशासनबाट सुशासन प्राप्त गर्न सकिन्छ ।
‘अधि र ‘आत्मा को समासबाट आध्यात्म शब्द बन्छ । संस्कृतमा ‘अधि को अर्थ अगाडि हो । ‘वाद भनेको बिचार हो । त्यसैले आध्यात्मवाद भनेको ‘आत्मा अगाडि हो भन्ने बिचार हो । संसारमा भौतिक पदार्थ र आत्मामा कुन पहिला हो भन्ने सवालमा आध्यात्मवादले आत्मा पहिला हो भन्ने बिचारको वकालत गर्दछ । अध्यात्मिक ज्ञानले निरन्तर मानव स्वभाव, संस्कार, बानी, व्यहोरा र उसको प्रवृत्ति तथा मन–बुद्धिलाई सुुसंस्कृत कुशल र विवेक सङ्गत बनाउने पक्षमा जोड दिन्छ यो अध्यात्म विज्ञानसँग एक अद्भुत शक्ति छ । अध्यात्मिक ज्ञानले प्रतिपादन गरेका सिद्धान्तहरूलाई दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा केवल रीति, रिवाज,आडम्बर र मान्यताका रूपमा मात्रै सीमित हुन पुगेको अवस्था विधमान छ । अध्यात्मिक ज्ञानको सत्य, तथ्य, सार र निचोड तिर विवेकपूर्ण रूपमा सोच समझले संलग्न हुनाले नै कल्याण हुनेछ । मानव समाजका लागि वर्तमान समयको माग विज्ञान एवं अध्यात्म दुवैको आवश्यकता हो । कुनै समयमा विज्ञान र अध्यात्म परस्पर विरोधीको रुपमा हेरिन्थ्यो । परन्तु हरेक मनुस्यलाई विज्ञानसँगै सामाजिक,नैतिक र अद्यात्मिक मूल्यहरुको अपरिहार्यतामा जोड दिइदैछ । समाजमा हिंसा तथा संघर्ष पैदा गर्ने अन्धविश्वास एवं विवेकहीनता,असंगत वा कट्टरपन्थी सिद्धान्त अव समाप्त हुनुपर्ने आवाज समेत उठेको पाईन्छ । पछिल्ला केही दशकतर्फ हेर्दा आद्यात्मलाई वैज्ञानिक दृष्टिकोण र विज्ञानलाई आद्यात्मिक दृष्टिकोणबाट जोड्ने प्रयासहरु गरिए । वैज्ञानिक तथा आद्यात्मवादीहरुले यो प्रतिवादन समेत गरे कि दुवै मिलेर जगत एवं चेतनालाई जानेर कसरी एक अर्काेमा पूरक भूमिका निर्वाह गर्न सकिन्छ ।
अध्यात्म पारलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयम्को अध्ययन हो । प्रत्येक जीवनको एक–एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ । यसबाहेक जे छ, त्यो अध्यात्म हो । अध्यात्म फगत ईश्वरीय चर्चा होइन ।

भौतिक विज्ञान,आत्मविज्ञान ,नीतिशास्त्र ,पर्यावरण–परिस्थिति ,चिकित्सा एवं ध्यान योग तथा दूर सञ्चार र मनो–सञ्चारमा समान रुची राख्ने एक समुदाय विकसित भैसकेको अवस्था छ । विकास तथा पर्यावरणको सम्वन्धमा नैतिक सिद्धान्तको महत्व र त्यसको व्यवहारिक प्रयोगमाथी समेत जोड दिन थालियो । भौतिक सुख–सम्पन्नतालाई अत्याधिक महत्व दिइनु र मानवताको अस्तित्वको मुख्य आधार आद्यात्मिकतालाई उपेक्षा गर्नुको परिणाम आधुनिक समाजले भोगिरहेको छ । धर्म,अद्यात्म र विज्ञान परस्पर विरोधी होईनन् सहयोगी हुन भन्ने कुरा अलवर्ट आइन्टाइनको ‘ धर्म विनाको विज्ञान लङगडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ भन्ने भनाईबाट समेत प्रष्ट हुन्छ ‘।आद्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन आद्यात्म दुवै अपुरो हुन्छ । यि दुवैलाई अलग अलग प्रयत्नले कार्य गरिनुको वदलामा विज्ञान र आद्यात्म संगठित रुपले एकजुट भई कार्य गर्ने हो भने विश्वमा खुशी,सम्पन्नता र सुख–शान्तिको स्थापना तिव्र गतिले वढ्नेमा शंका रहदैन । भौतिक उन्नतीको साथै आद्यात्मिक उचाँईलाई एकैसाथ सम्पन्न गर्न सकेमा निसन्देह सदाकालको लागि विश्वमा सम्पन्नता प्राप्त हुनसक्छ ।

अध्यात्मले मानव चेतनाको जागृतिसँग सरोकार राख्दछ । यसले व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित रहन्छ । त्यसो हुँदा हिंसा, कृत्रिम वाद एवं प्रतिवादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ । हाम्रा ग्रन्थले मुखरित गरेका विषय गहन छन् अल्वर्ट आइन्स्टाइन, जर्मन दार्शनिक मुलर, इमानुयल कान्ट, फ्रेन्च दार्शनिक सोफेनहावरदेखि भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम र अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामासम्मले पूर्वीय दर्शनमा भएको अध्यात्मिक पक्षको महत्तालाई कुनै न कुनै रूपले अंगीकार गरेका छन् । आइन्स्टाइनले त अध्यात्मबिनाको विज्ञानलाई कमजोरको संज्ञा दिएका छन् । सोफेनहावरको श्रीमद्भगवतगीता सम्बन्धी चर्चाले पूर्वीय दर्शनमा भएको अध्यात्मको स्थानलाई पाश्चात्य समाजमा नयाँखालको ऊर्जा दिएको छ ।
अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घच्घच्याएको छ । हाम्रो समाजमा आज अध्यात्मलाई धार्मिक क्रियाकलाप, गेरुवस्त्र धारण, चन्दने निधार एवं कर्मकाण्डसँग जोड्ने गरिन्छ जुन अत्यन्तै असुहाउँदो र संकीर्णताको परिणति एवं अध्यात्म बुझाइको कमी हो भन्ने लाग्छ । अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशिला हो । यसले व्यक्तिलाई समुद्रजस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ । त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ ।

राजनीतिक तरलता तथा स्थिर सरकार नहुँदा विकासका हरेक पक्ष ठप्प छन् । यो अभियानसँग सम्बद्ध अध्यात्मिक क्रियाकलाप नै विकासको अपरिहार्य शक्तिका रूपमा स्थापित भएको छ । अध्यात्मले एकाड्ढी होइन एउटै बनाउन प्रेरित गर्छ । अध्यात्मिक ज्ञानले धर्मात्मा, पुण्यात्मा र महात्माभन्दा उच्च सर्वोच्च सत्ता निराकार ज्योति स्वरूप हुनुहुन्छ भन्ने सत्यलाई बोध गराउँछ । शरीरको मृत्यु भए पनि आत्माको अस्तित्व अमर छ भन्ने तथ्यलाई स्पष्ट गराउँछ । सम्पूर्ण मानव आत्मा आपसमा भाइ भाइ हौं । पवित्रता, शान्ति, प्रेम आत्माको स्वधर्म हो भन्ने वास्तविकताको अनुभूती गराउँछ । अध्यात्मिक ज्ञानद्वारा संसारलाई हेर्ने दृष्टिकोण नै सकारात्मक बनिदिन्छ । अध्यात्मिकता वास्तवमा सम्पूर्ण ज्ञान, विज्ञान, नीति, विचार, सिद्धान्त, खोज,अनुसन्धान र विचारधाराको साझा लक्ष्य हुनुका साथै पुनर्रोत्थानका लागि गहन पूर्वक सोच्नुपर्ने तथा आवश्यक पहल कदमी गर्नुपर्ने आवश्यकता छ ।
अध्यात्मिक ज्ञानलराष्ट्रसेवक कर्मचारीहरुभित्र श्रेष्ठ र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहन्छन् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुिद्धका लागि पौष्टिक आहारको काम गर्दछ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्दछ । बुद्धिको निर्णय शक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । आन्तरिक चिन्तनले सही दिशा लिँदा मनसा, वाचा र कमर्णाका बीचमा एक सुन्दर सामञ्जस्य कायम हुन आउँछ । अध्यात्मिक चिन्तनले राष्ट्रसेवक कर्मचारीहरुलाई सबै प्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्दछ । अध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्दैन । यदि अध्यात्मिक चिन्तनका नाममा त्यस्ता निम्न कोटीका विचारहरू पैदा हुन्छन् भने त्यसलाई अध्यात्मिक चिन्तनको नाम दिन सकिँदैन । जसले आफूप्रति मित्रवत्भाव राख्दछ, सहयोग दिन्छ, प्रशंसा गर्दछ, सम्मानको दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्दछ त्यसलाई मित्र ठान्नु, उसको भलो चिताउनु तथा आफ्ना तर्फबाट पनि सहयोग र स्नेह दिनु कुनै ठूलो कुरा होइन । यस्तो व्यवहार र क्रियाकलाप आम सबैले गरि नै रहेका हुन्छन् । अध्यात्मिक जागृति र चिन्तनको व्यवहारीक पक्ष पनि यही हो । अध्यात्मिक उचाई साच्चै अनुमप छ, अलौकिक छ र सामान्य सोच भन्दा धेरै माथिल्लो विशिष्ट स्थान राख्दछ । वर्तमान व्यावहारिक मनस्थितिका राष्ट्रसेवक कर्मचारीहरुलाई यो महान् पक्षलाई पचाउन र स्वीकार गर्न गाह्रो हुनसक्दछ तर महानताको शिखर चुम्न र प्रेरणाको स्रोत व्यक्तित्व विकास गर्न यस्तै उच्च अध्यात्मिक चेतना र चिन्तनलाई अवलम्बन गर्नु बाहेक अन्य विकल्प छैन ।
हामी सबैको साझा चाहना छ कि संसार चिरकालसम्म सुख, शान्ति, समृद्धि र सुमधुर सम्बन्धको थलो बनोस् । धरती निवासी सम्पूर्ण मानवजाति कुनै पनि प्रकारको रोग, शोक, भोक, चिन्ता र भय–त्रासले पीडित नहोउन् । सबैले स्वास्थ्य, सम्पत्ति र खुशी सदाका लागि प्राप्त गर्न सकून् । समाजमा कुनै पनि प्रकारको भेदभाव, थिचोमिचो ,अन्याय,अत्याचार तथा पापाचारको स्थिति नरहोस् । हत्या, हिंसा, लडाईं, झगडा, युद्ध, संघर्षको वातावरण सदाका लागि समाप्त होस् सबै प्राणीको जीवनचक्र सही ढंगले चलोस् । विविध प्रजाति लुप्त हुने स्थिति, वातावरणीय प्रदूषण तथा असन्तुलनको संकट न रहोस् । प्रकृतिका तत्वहरू समेत आफ्नो मर्यादामा रहेर सधै सुख दिने काम गरुन् । कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको चपेटामा पर्न न परोस् । प्रकृति सदा वसन्तवहार होस् । मानौ संसार स्वर्ग, पाराडाइज तथा रामराज्य बनोस् । राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रसेवक कर्मचारीहरुकाबीच अत्यन्तै घनिष्ठ र सुमधुर सम्बन्ध कायम होस् । वसुधा भौतिक प्रचुरता, विपुलताका साथै अध्यात्मिक दिव्यता र अखण्डताले भरपूर होस् । यस्तो संसारको परिकल्पनालाई मूर्त रूप दिन साच्चै अध्यात्मिक चिन्तन–ज्ञान र राजयोग साधनाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तसर्थ प्रत्येक नर–नारीको प्रयत्न र पुरुषार्थ अध्यात्मिक सुदृढीकरण गर्नुपर्ने रहेको छ । अतः जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै अध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन ।

अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो ।म को हु? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ ।स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।
अध्यात्मिक सुख र आनन्द आफूभित्रैबाट प्राप्त हुन्छ । त्यो सुख मन, बुद्धि, चित्त र अहंकार शान्त भएपछि प्राप्त हुन्छ । मन शुद्ध गराउने साधन हो योग र ज्ञान । योग र ज्ञानबाट मन, बुद्धि र चित्तलाई आफ्नो स्वरुपमा राख्न सकिन्छ । राष्ट्रसेवक कर्मचारीहरुको स्वरुप हो आत्मा । आत्माको ज्ञान नभए आफैलाई चिन्न सकिदैन । हामीले शरीरलाई आत्मा भन्छौं । यो हाम्रो भूल हो । आत्मा अविकारी छ, अविनाशी छ र अमर छ । शरीर मर्दछ । अध्यात्मवादीहरुले आत्मा र ईश्वरमा आस्था राख्छन । भौतिकवादीहरुले शरीरमा आस्था राख्छन । ज्ञान भनेको आत्मालाई परमात्मामा जोड्नु हो ।

संसारमा कुनै पनि राष्ट्रसेवक कर्मचारीहरु कर्म नगरी शान्त भई बस्न सक्दैन । मन शान्त भए आत्माको अनुभव हुन्छ । योगीहरुले समाधिद्वारा शान्त मनमा आत्माको अनुभव गर्दछन । भौतिकवादीहरुले योग पनि गर्न सक्दैनन् ज्ञान पनि गर्न सक्दैनन । उनीहरुले सकाम कर्म गर्छन । सकाम कर्मद्वारा आत्माको खोजी गर्छन् । निस्काम कर्म गर्न सक्दैनन । फलको आशा राखेर कर्म गर्छन। त्यसैले परमानन्द प्राप्त गर्न सक्दैनन । राष्ट्रसेवक कर्मचारीहरुको स्वरुप आत्मा भएझंै परमानन्द ईश्वरको स्वरुप हो । आनन्द कहिले नाश हुदैन । मनमा कुनै संकल्प नउठाएपछि परमानन्द प्राप्त हुन्छ । संकल्प उठाए मन चञ्चल हुन्छ र आफ्नो स्वरुपलाइ भुलिन्छ । फलको आशा राखेर कर्म गर्नेहरु यस दुःखरुपी संसारमा जन्म लिइरहन्छन् र मर्छन पनि । सांसारिक बन्धनमा बाधिरहन्छन्, मुक्त हुन सक्दैनन् । धन र पदको मोहमा परेर आफ्नो स्वरुपलाई भुल्छन्  । भौतिक उन्नतिलाई सत्य ठानेर भौतिक उन्नति गर्दागर्दै रोइर मर्छन् । अध्यात्मिक मार्गमा लागेका राष्ट्रसेवक कर्मचारीहरु आत्मालाई साक्षी राखेर राष्ट्रको र समाजको सेवा गर्दा गर्दै हा“सेर मर्छन् । आजकलका राष्ट्रसेवक कर्मचारीहरुमा सत्बिचार र सत्विवेक देखिदैन । अनुशासन देखिदैन । नैतिकता आचरण सभ्यता देखिदैन । चित्त शुद्ध छैन । सत्यता, ज्ञान र धर्म छैन, भौतिकवादको प्रभाव बढेको छ । बेदले भन्छ– आचरण राष्ट्रसेवक कर्मचारीहरुको गहना हो । आचरणहीन राष्ट्रसेवक कर्मचारीहरुलाई देवताहरुले पनि पवित्र गर्न सक्दैनन् । (आचरहीनम् नपूनन्ती देबाः) शास्त्रले भन्छ (धर्मेण हिना पशुभिसमाना) पशुले धर्म गर्न सक्दैन । त्यसैले धर्म नभएको राष्ट्रसेवक कर्मचारीहरु पशुतुल्य हो ।

आजकलका राष्ट्रसेवक कर्मचारीहरुहरुले तपस्या गर्न पनि सक्दैनन् दान गर्न पनि सक्दैनन् ज्ञान गर्न पनि सक्दैन । धर्म गर्न पनि सक्दैनन । ती राष्ट्रसेवक कर्मचारीहरु पृथ्वीका भार हुन् भनेको छ । राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो जीवनको हामीले जति कर्म गर्छौं ज्ञानमा समाप्ति हुन्छ । ज्ञानबिना जति भौतिक उन्नति गरे पनि आनन्द प्राप्त हु“दैन । जस्तो समुन्द्रको पानी सागरमा नपुगेसम्म शान्त हुँदैन त्यस्तै आत्मज्ञानबिना मन शान्त हुँदैन । हामीले मानवको जन्म लिएर जति काम गर्छांै त्यो आत्माले देखेको छ भन्ने कुरा भौतिकवादीले जान्दैनन । उनीहरुले ईश्वर छैन भनी ईश्वरप्रति आस्था गर्दैनन । ईश्वरले राष्ट्रसेवक कर्मचारीहरुको जीवन दियो, हुर्कायो, बढायो, ज्ञान बिज्ञान दियो त्यो कुरालाइ हामीले अहिले भुलेका छौं । विषयको आनन्दमा रमाएका छौं । विषय त बिष बराबर हो । विषय बासनामा भुलेर जीवन समाप्त भएको थाहा पाउँदैनौं । पानीबाट निकालिएको माछा जस्तो छटपटाउँछ  । त्यस्तै भौतिकवादीहरु अध्यात्मिक ज्ञानको अभावले छट्पटाइरहेका छन । अध्यात्मिक र भौतिकवादीहरुको लक्ष्य एउटै भए पनि ज्ञानको अभावले वास्तबिक सुख प्राप्त गर्न सकेका छैनन ।आत्मासम्बन्धी चिन्तन गर्ने दर्शन मूलतः दुई प्रकारका मानिन्छन्–आत्मवादी र अनात्मवादी । आत्मवादी आत्मालाई प्रकृतिदेखि अलग पदार्थ विशेष मान्दछन् भने अनात्मवादी चैतन्ययुक्त शरीरलाई नै आत्मा मान्दछन् र ज्ञान प्राप्त गर्ने साधनहरूमध्ये इन्द्रिय, प्राण, मन, बुद्धि र अहङ्कार नै आत्मा हो भन्ने अनात्मवादीहरुको धारणा छ । पूर्वीय दर्शनमा अनेक शाखाहरु छन् र प्रत्येक दर्शनले शरीर, प्राण, आत्मा, विवेक, बुद्धि र धारणालाई अनेक तरिकाले परिभाषित गरेका छन् तर पनि आत्माको तत्व भौतिक हो कि अध्यात्मिक हो भन्ने कुरामा भने सधैँ विवाद रहेको छ ।
शरीरलाई नै आत्माको बासस्थान मानिने कुरामा भने कसैको पनि विवाद देखिएको छैन । सृष्टिको आदिकाल देखि नै अझ भनौँ जहिलेदेखि चेतनाको प्रयोग गर्न थालियो आफ्नो परिचय र जीवनको सहजता अनि समाजको सृजनातर्फ, त्यही बेलादेखि प्रकृतिप्रतिको धारणा राख्न थालियो । कसैलाई लाग्यो होला, यी जीवन र जगतका यावत् सबै कुराहरु प्रकृतिका देन हुन् र फगत् प्रकृतिका अनुशासनभित्र पर्ने हुन् । देखिएको ब्रह्माण्डसमेत प्रकृतिका आवश्यक अवयवहरु हुन् र त्यसैलाई आधार बनाएर अनुसन्धान सुरु भएको देखिन्छ ।
आत्माको अस्तित्वको स्थायित्व र क्षणिकतासँग आत्मावादी र अनात्मावादी विचारको धारणा मात्र आएन, वैचारिक द्वन्द्व पनि सुरु भयो । त्यही अनुसारका परिणामहरूलाई संसारमा विकसित गरियो र आज पनि भौतिक वादसँग अध्यात्मिक वादको वैचारिक युद्ध कायम छ । त्यसो त पूर्वीय दर्शनको महत्त्वपूर्ण दार्शनिक वृहस्पतिले पनि यज्ञ, वेद तथा सन्वासीप्रति तीव्र विरोध गरेको पाइन्छ । त्यसमा पनि कसैले वृहस्पति नै चार्वाक हुन् भनेका छन् भने कसैले देवताका गुरुबाट अनीश्वर वादी दर्शनको उत्पत्ति भएको पक्कै होइन, त्यस्तै नाम भएको अर्को कुनै ऋषिले आफूलाई भौतिकवादी, अनीश्वर वादी र प्रकृतिप्रति सम्पूर्ण विश्वास गर्ने अनात्मिकवादको सृजना गरेर व्याख्या गरे र त्यस्ता समूहहरुको नेतृत्व गरे होलान् ।
विश्वको प्रत्येक जीवले आनन्द प्राप्तिको लक्ष्यले काम गर्छन । कसैले नसिकाए पनि सुख किन खोज्छन् दुःख किन खोज्दैनन् ? यसको कारण हो हरेक जीव आनन्द स्वरुप हो । सुखको प्राप्ति दुखको निबृत्ति जीवनको चरम लक्ष्य हो । कुनै पनि जीव एकक्षण पनि कर्म नगरी बस्न सक्दैन । कर्म गर्नु जीवको स्वभाव हो । परमआनन्द प्राप्त नहुँदासम्म राष्ट्रसेवक कर्मचारीहरुले कर्म गरिरहन्छ । जीवको जन्म हुदैन । जीव अनादि हो, सनातन हो, जीबको जन्म मृत्यु हुदैन, शरीरको जन्म मृत्यु हुन्छ । भौतिक वादीहरु भन्छन– ईश्वर भन्ने कुनै तत्व छैन, प्रकृतिबाट जीबको जन्म भएको हो । अध्यात्मिकवादीहरु भन्छन– जीव ईश्वरको अंश हो । जीव अनादि हो  । भौतिकवादीहरु भन्छन– इच्छा पूरा भए आनन्द प्राप्त हुन्छ तर भौतिकवादीहरुको इच्छा कहिलै पूरा ह“ँदैन । उनीहरुले विषयको आनन्दलाई आनन्द मान्छन् त्यो त क्षणभंगुर आनन्द हो ।
अध्यात्मिकवादीले खोजेको आनन्द सांसारिक पदार्थबाट प्राप्त हुने आनन्द होइन । विषयको प्राप्तिबाट लोभ उत्पन्न हुन्छ । लोभबाट क्रोध उत्पन्न हुन्छ । भौतिकवादीहरु भन्छन– हामीले संसारलाई कति आनन्द पु¥याएका छौं, कति उन्नति गरेका छांै, जल, थल, नभमा बाटो खोलेका छांै । ठूला–ठूला एटम बम बनाएका छौं । रोगीलाइ निरोगी बनाएका छौं । यो वैज्ञानिक चमत्कार सत्य हो तर भित्री सुख र आनन्द दिन सकेका छैनन । सत्य, अहिंसा, मानवता, नैतिकता र संस्कारको उन्नति गर्न सकेका छैनन । हाम्रा इन्द्रीयहरु शुद्ध भए ईश्वरको अनुभव गर्न सक्छांै । मनले देख्न सक्छांै । ईश्वर दिब्य छ, दिब्य वस्तुलाई देख्न दिब्य आ“खा चाहिन्छ । बाहिरी आ“खाले ईश्वरलाई देखे पनि चिन्न सक्दैनौं । भौतिकवादको उन्नतिबाट आज सुख, शान्ति र उन्नति भएको छैन । बरु अवनति भएको छ ।

अध्यात्मिक मार्ग सर्वश्रेष्ठ मार्ग हो भन्ने सम्झेर कर्तब्यनिष्ठ रही विश्वमा रहेको अन्धकारलाई अध्यात्मिक ज्योतिले प्रकाशित गरी मानवीय गुणको यर्थात स्वरुप देखाइदिनु राष्ट्रसेवक कर्मचारीहरु मुख्य कर्तब्य हो । आजकाल धेरैजसो राष्ट्रसेवक कर्मचारीहरुले धर्मको महत्व नबुझी पूजापाठ तीर्थब्रत गरेर समय बिताउछन् त्यो यथार्थ धर्म होइन । स्वस्थ रही अनुशासित र संयमित भएर बुद्धि र ज्ञानको विकास गरी (परोपकार पुन्याय पापाय परपिडनम) परो पकार गर्नु धर्म हो । दुःख दिनु पाप हो भन्ने भावनालाई सार्थक तुल्याई समाजमा रहेको द्वन्द्वलाई हटाई (सर्बे भबन्तु सुखिन) सबै सुखी बनौं, सबै मिलेर आनन्दपूर्वक बा“चांै भन्ने नीति लिएर अध्यात्मिक र भौतिक मार्गको समन्वय गरी अगाडि बढ्नुपर्छ । कुनै समय यस्तो पनि थियो । राष्ट्रसेवक कर्मचारीहरुले पूजापाठ गर्थे । धर्ममा पूरा विश्वास थियो । राष्ट्रसेवक कर्मचारीहरुमा सहिष्णुता, सहनशीलता, इमानदारिता, आत्मीयता थियो । भौतिक चिन्तन भन्दा अध्यात्मिक चिन्तन र सेवालाई धर्म मान्थे । सबैलाई सम्मान गर्थे ।
जब भौतिकवादको चमत्कार बढ्दै गयो । भौतिक सभ्यताको विकास हुँदैगयो । तब अध्यात्मिक भावना हराउ“दै गयो । भौतिक चिन्तनको बिजारोपण र आफ्नो अस्तित्वलाई मेट्दै गए । राष्ट्रसेवक कर्मचारीहरु समाजवादी नभएर ब्यक्तिवादि हुन पुगे । राष्ट्रको अस्तित्वलाई भुल्न थाले । जब राष्ट्रसेवक कर्मचारीहरु भौतिक सुख सुविधामा भुल्छ उसले आफ्नो कर्तब्य र इमानदारीतालाई भुल्छ । उसको दृष्टिमा अर्को संसार छैन भन्ने सम्झन्छ । भौतिकवादमा रमाएको राष्ट्रसेवक कर्मचारीहरुले उन्नतिको साथै अवनति पनि गरिरहेको छ । यो अध्यात्मिकबादको अभाव हो । राष्ट्रसेवक कर्मचारीहरुले आनन्दपूर्वक बा“च्नको लागि पूर्वीय र पाश्चात्य दर्शनको समन्वय गरी अगाडि बढेमा समस्त राष्ट्रको कल्याण हुनेछ ।
अध्यात्मको मुख्य ध्येय भनेको नै मृत्युपछि मुक्तिको कामना गर्नु हो । अध्यात्मले जीवनलाई एउटा संक्षिप्त कालखण्डको रुपमा व्याख्या गर्ने गरेको हुन्छ भने मृत्युलाई शास्वत सत्य । त्यसैले यसले जीवनमा तीब्र वैराग्यलाई नै विशेष प्राथमिकता दिने गर्दछ ।फेरि यो जगत्मा आउन नपर्नेगरी ईश्वरको सानिध्यमा पुग्नु नै हिन्दू धर्मशास्त्रका अनुसार मोक्ष अथवा मुक्ति हो । त्यसैले राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो जीवनकालभरमा फल प्राप्तिको आशा विना नै गरेको सत्कर्मले नै उसले मोक्ष पाउने कि नपाउने ? निर्धारण गर्ने गर्दछ ।महाभारत, श्रीमद्भागवत् गीता जस्ता हिन्दू धर्मशास्त्रहरु यस्ता अध्यात्म एवं दर्शनको सागर हुन् । जसबाट हामीले सानो अंश उठाउँदा पनि त्यो अत्यन्त जीवनोपयोगी हुने गर्दछ । महाभारतको यही मोक्षधर्म सम्बन्धी पर्वमा एक पिता र पुत्रले मृत्युबारे गरेको विवेचनलाई हामीले प्रस्तुत गरेका छौं ।

कुनैपनि राष्ट्रसेवक कर्मचारीहरु जन्मिएपछि अमृत र मृत्यु दुबै उसले शरीरमा नै लिएर आएको हुन्छ । मनुष्‍य मोहबाट मृत्युलाई र सत्यबाट अमृतलाई प्राप्त गर्दछ । अतः अब म हिंसाबाट दूर रहेर सत्यको खोजी गर्नुपर्दछ । काम र क्रोधलाई हृदयबाट निकालेर दुख र सुखको समान भाव राख्नुपर्दछ । तथा सबैको लागि कल्याणकारी बनाएर मृत्युको भयबाट मुक्त हुनुपर्नेछ । यज्ञमा तत्पर रहेर मन र इन्द्रियहरुलाई वशमा राखेर ब्रह्मयज्ञ (वेद–शास्त्रहरुको स्वाध्‍याय) मा लागेर मुनिवृत्तिले रहनेले मृत्युसँग डराउनुपर्ने अवस्था नै रहँदैन ।

एकातर्फ नास्तिक मान्छेहरू भौतिक शरीर रहुन्जेलको सुखलाई नै वास्तविक सुख मान्छन् भने अध्यात्मिक मान्छेको सोचाइ फरक हुने गर्छ । अध्यात्मले जहिले पनि कर्म के हो ? असल र खराब कार्यको फल यही लोकमा मात्रै सीमित नभएर अर्काे जन्मसँग समेत जोडिएको भन्दै कुनै पनि लालसाले अर्काे जन्मको बन्धनमा हामीलाई फसाउने बताउने गर्छ ।जबसम्म हामी कर्मको बन्धनमा बेरिएर बसेका हुन्छौं, त्यतिबेलासम्म हामी पुनर्जन्मको जालोमा बेरिइरहेका हुन्छौं भन्ने मान्यता छ । आफ्नो भाग र भोग अनुसारको कर्म निवृत्ति नगरेसम्म मान्छेले निरन्तर त्यही कर्मको जिम्मेवारी पूरा गर्न पनि पुनर्जन्म लिइरहनुपर्छ भन्ने अध्यात्मिक मत छ ।त्यसैले अध्यात्म एउटा यस्तो ज्ञान हो । जसले सबै कुरा कुनै कर्ताको हातमा रहेकोले कुनै पनि कुरामा मरिहत्ते गर्नु आवश्यक नरहेको बताउँछ ।केवल ज्ञानी पुरुषले जो जीवित मूर्तिहरू हुन्, हामीलाई प्रेमको सही परिभाषा दिन सक्छन् । साँचो प्रेम त्यो हो जुन कहिल्यै बढ्दैन र घट्दैन पनि । सम्मान गर्ने व्यक्तितर्फ कुनै उत्कटता हुँदैन, न त अपमान गर्ने व्यक्तिप्रति कुनै घृणा नै हुन्छ । संसारमा हुने यस्तो प्रेमलाई निर्दोष मान्ने गरिन्छ ।

अध्यात्मले मृत्युको बारेमा जानकारी दिएर मृत्युप्रति मान्छेको डरलाई भगाउने काम गर्छ । आत्मा कहिलै मर्दैन भन्ने केही हिन्दु दर्शनको मत छ । त्यसैले एक पटक आत्मालाई राम्रोसँग बुझ्न सक्यो भने मात्रै त्यो मान्छे मृत्युबाट डराउँदैन भन्ने अध्यात्मको मत छ ।आर्थिक विकास गरेर र धन सम्पत्ति जम्मा गरेर मात्रै जन्म, मृत्यु, वृद्धावस्था र रोगजस्ता जीवनका समस्याहरूलाई रोक्न सकिँदैन । विश्वका धेरै भागहरूमा यस्ता कैयौँ राज्यहरू, व्यक्तिहरू छन्, जो जीवनका सुख सुविधाबाट परिपूर्ण छन् । धनधान्यले पूर्ण छन् । आर्थिक रूपले विकसित छन् तर त्यहाँ पनि सांसारिक जीवनका समस्याहरू जस्ताको जस्तै छन् । तिनीहरू विभिन्न तरिकाबाट शान्तिको खोजी गर्दैनन् । तर त्यो शान्ति तिनीहरूले त्यस समयमा मात्र पाउन सक्नेछन् । जब तिनीहरूको भगवान् कृष्णको सम्पर्कमा आउनेछन् वा कृष्ण तत्त्वको विज्ञान प्रतिपादन गरिएका भगवद्गीता र श्रीमद्भागवत पढ्नेछन् । वा कृष्ण भावनामा आबद्ध कृष्णका आधिकारिक प्रतिनिधिका सम्पर्कमा आउनेछन् । अतः निजामती कर्मचारी सुख, शान्ति, आत्मसन्तुष्टि र समन्वयका लागि यही नै उपयुक्त बाटो हो । यसका लागी सरकारद्वारा निजामती कर्मचारीमा अध्यात्मिक ज्ञान प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ । सांसारिक भौतिक सुख सुविधाका लागि गलत कार्यमा तल्लीन हुनु नदिन आत्म साक्षात्कारको बाटोमा अग्रसर गराउनु पर्दछ ।
निजामती सेवामा नव प्रवेशीहरु बालकहरू जस्तै हुन् । जसरी बालकहरू सजिलै नराम्रो बाटोतर्फ लाग्दछन् त्यसै गरी नव प्रवेशी कर्मचारी पनि सजिलै नराम्रो बाटोतर्फ तल्लीन हुन पुग्न सक्दछन् । यस्तो बाटोमा लाग्नबाट रोक्नु आजको आवश्यकता र चुनौती हो ।यसका लागि सजिलो माध्यम अध्यात्मिक ज्ञान नै हो । गलत प्रवृत्तिमा लागेका व्यक्तिलाई कारबाही गर्नु भन्दा यस्तो कार्य हुनै नदिनु बढी प्रभावशाली र वैज्ञानिक हुन्छ । सेवा प्रवाहमा उदासीनता र हिनतावोध हुनु समाज र राष्ट्र«का लागि असफलताको कारण हुन पुग्दछ ।

निजामती कर्मचारी प्रशासनलाई स्वच्छ, पारदर्शी, व्यवस्थित, सेवामूलक र प्रभावकारी बनाउनु आजको प्रमुख चुनौती हो । देशको नीति निर्माण तहदेखि कार्य सञ्चालन स्तरसम्म स्वच्छता ल्याउन प्रत्येक कर्मचारी अँत्मज्ञानी हुन जरुरी छ । हाल भएका कर्मचारी माथि हुने कारबाही प्रगति देखाउने तत्थ्यांक मात्र भएका छन् र यो प्रक्रिया लामो समयसम्म चलिरहने छ । तर रोकिने छैन । जसरी कुनै पनि रोगको उपचार गरिरहनु भन्दा उक्त रोगलाई नै निर्मूल गर्नु राम्रो हुन्छ । त्यसरी नै कर्मचारीको मनलाई स्वच्छ राख्नु अति नै राम्रो हुन्छ ।

जहाँसम्म जीवन र जगतको व्याख्याको सन्दर्भ आउँछ, अध्यात्मवादीले भौतिकवादीको र भौतिकवादीले अध्यात्मवादीको खोइरो खन्ने कुनै नयाँ परम्परा होइन। कुनै समयमा पण्डितले भौतिकवादीलाई समाज भाँड्ने हुन्, नास्तिक हुन्, राक्षस हुन् भनेर खेदो खने तर पछि फेरि समयले कोल्टो फे¥यो। नयाँ अवस्थामा भौतिकवादीले पण्डितहरूलाई ढोँगी हुन्, पाखण्डी हुन्, सिदा तान्ने हुन् भन्न थाले। तर यी दुवै प्रवृत्ति गलत हुन्, भद्दा हुन्। त्यस्ता प्रवृत्तिले हाम्रा समस्याको सही समाधान दिँदैनन्। कसैले यज्ञ गरेर चाहेको कुरा दान गर्छ भने त्यसमा अरूको आपत्ति हुनु र कसैले गरिबको पक्षमा, समानताको पक्षमा मार्क्सवादी बनेर हिँड्छ भने पनि त्यसमा अरूको आपत्ति हुनु दुवै गलत हुन्। एउटा उत्कृष्ट दर्शनले त हामीलाई सन्तुलित स्थानमा लैजान सक्नु पर्छ, चिन्तनको अवस्थामा लैजानु पर्छ, आवश्यक कुरालाई लिने र अनावश्यक कुरालाई फ्याँक्ने चेत दिनु पर्छ।
अध्यात्म ज्ञानले अनुशासित, मर्यादित र सन्तुलित बनाउन सिकाउँछ र यो विश्वजनीन सत्य हो। यसले सुख भन्दा आनन्दतर्फ लैजान्छ, प्रतिस्पर्धाभन्दा सामूहिक हितमा लैजान्छ। विकास पनि पुग्यो अब, विनासतर्फ लक्षित विकासको अर्थ छैन। सन्तुलन गुम्दै जाँदा मानवजातिको भविष्य झन् झन् खतरामा पर्दै जाने अवस्थाा अझ भयावह रुपमा आउने छ । त्यसैले अध्यात्मको ज्ञान र व्यवहारिक उपयोगले मात्र पृथ्वीलाई जोगाउन सक्छ। पूर्वीय अध्यात्म दर्शनका मूलभूत पक्षहरु मनन्योग्य छन्। मुख्य रुपमा गीता, उपनिषद, ब्रम्हसूत्र र बुद्धवाणीहरुलाई विश्वले राम्ररी अध्ययन र मनन गर्नु जरुरी छ, मानव जातिको अस्तित्व जोगाउन। अवश्य पनि अध्यात्मवादको नाममा हामीले भौतिकवादलाई न्यून ठान्न मिल्दैन, अवमूल्यन गर्न मिल्दैन । वास्तवमा भौतिक क्षेत्रमा भएको चमत्कारिक उपलब्धिकै कारण सिंगो विश्व एउटा सानो गाउँमा परिणत हुन पुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहज रूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ ।

एकातिर विज्ञान प्रविधिको विकासबाट राष्ट्रसेवक कर्मचारीहरुको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तर्निहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेका छन् । परिणाम स्वरूप भौतिक रूपमा आज विश्व साँगुरो बन्दै गए पनि भावनात्मक रूपमा भने मानवीय दूरी झन् झन् बढ्दै गइरहको महसुस हुन थालेको छ ।

भौतिक विकास हुनु पक्कै पनि मानव समुदायका लागि खुसीको कुरा हो, गौरवको कुरा हो । तर, भौतिक स्रोत र साधनलाई सही रूपमा उपयोग नगरी अथवा मानव हितमा प्रयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ । फलस्वरूप आज राष्ट्रसेवक कर्मचारीहरुहरू चिन्ता, तनाव, कुण्ठा एवं अनेकन प्रकारका शारीरिक मानसिक रोगहरूबाट समेत ग्रसित हुन पुगेका छन् ।

निःसन्देह हामी आत्मा र शरीर दुवै हौँ । किनकि, जबसम्म हामी जीवित रहन्छौँ आत्मा र शरीरको समायोजन गरेर नै हामी आपूmलाई जीवात्मा भनेर सम्बोधन गर्दछौँ । त्यसो त कुनै व्यक्तिको मृत्यु हुँदा पनि हामी त्यो व्यक्तिले संसार छाड्यो भन्ने गर्दछौँ । जबकि, उसको त्यो भौतिक शरीर हाम्रै अगाडि लडिरहेको हुन्छ ।यसबाट पनि स्पष्ट हुन्छ कि, त्यहाँ दुई प्रमुख तत्वहरू अन्तर्निहित रहेको हुन्छ । एउटा आत्मा र अर्को शरीर । राष्ट्रसेवक कर्मचारीहरुको मृत्युपछि आआफ्नो प्रचलित धर्म संस्कार अनुरूप उसको त्यो भौतिक शरीरको अन्त्येष्टि गरिन्छ ।तर, उसको सूक्ष्म आत्मालाई भने अविनाशी तत्वका रूपमा स्मरण गरिन्छ । मानव शरीर मूलतः पाँच भौतिक तत्वहरूबाट निर्माण भएको हुन्छ । जसलाई हामी पञ्च तत्व भन्ने गर्दछौँ ।ती पञ्च तत्व हुन् पृथ्वी, जल, अग्नि, वायु र आकाश । यी पाँचै तत्वसँग हाम्रो भौतिक शरीरको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । त्यसैले, राष्ट्रसेवक कर्मचारीहरुको मृत्युपछि अन्ततोगत्वा उसको भौतिक शरीर पनि यिनै पाँच तत्वसँग विलय वा समाहित हुन पुग्दछ । तर, उसको सूक्ष्म आत्मालाई भने अविनाशी तत्वका रूपमा लिइन्छ । यस प्रकार मानव शरीर र आत्माबीच अविच्छिन्न सम्बन्ध रहेको हामी पाउँछौँ ।

योगाभ्यास र अध्यात्मिक ज्ञानवृद्धका क्रियाकलापले कर्मचारीहरू भौतिक, मानसिक क्रियाबाट पूर्णतया संयमित हुनेछन् । यसबाट कर्मचारीले शुद्ध मनले आफैलाई देख्न सक्नेछन् र आफैमा आनन्दित हुन सक्नेछन् । यही नै कर्मचारीको पूर्णताको चिन्ह हो । यही नै जागिरको सार हो । यस आनन्दमय स्थितिमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेछन् र आफ्नो छुट्टै पहिचान सहित स्थापित हुन सक्नेछन् ।यसरी स्थापित भएका कर्मचारी कहिल्यै पनि न्याय र सत्यबाट डग्दैन । आध्यत्मीक सुख प्राप्त भएपछि उसलाई अरू कुनै सुखले आकर्षित गर्न सक्दैन । यही नै भौतिक संसर्गका कारणले उत्पन्न समस्त दुःखहरूबाट हुने वास्तविक मुक्ति हो । जब यो कुरा कर्मचारीले बुझ्नेछन् । दुःखको कारण र बाटो रोज्ने छैनन् ।

 

Nepali patro