पूर्वमन्त्री सवारी दुर्घटनामा परि घाइते

Ghorahi cement

काठमाडौँ । पूर्व खानेपानी मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

 

जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्षसमेत रहेका खान काठमाडौँदेखि बर्दिया जाने क्रममा आज बिहान धादिङको रोराङ गाउँपालिका ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको स्वकीय सचिव ई अतिउल्लाह मुसलमानले जानकारी दिए । खानलाई दुर्घटना स्थलबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro