जलिरहेको अवस्थामा युवतीको शव बरामद, हत्याको आशंका

Ghorahi cement

 

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचौकमा रेल्वे लिक नजिकैको पोखरी डिलमा २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो।पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोलीले घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिएको थियो ।शव महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतोको रहेको धनुषा प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका गरिएकोछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro