‘हामीसँग सत्ता उलटफेर गर्न सक्ने क्षमता छ, कमजोर नठान्नू’ : नेपाल

Ghorahi cement

काठमाडौं।पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको कारण कमजोर नठान्न चेतावनी दिएका छन् ।

 

 

सुदूरपश्चिममा चार सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै उनले बागमती, मधेशसहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिताबिना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने बताए ।

 

 

गृहजिल्ला रौतहटमा पुगेका उनले यस्तो चेतावनी दिएका हुन । गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुलको शुक्रबार उद्घाटनका लागि रौतहट पुगेका नेपालले नेकपा एसलाई सानो दल वा कमजोर ठान्ने भुल गरेमा सह्य नहुने चेतावनी समेत दिए ।

 

उनले नेकपा एस पार्टी कसैको दास भएर कसैको इशारामा हिँड्ने पार्टी नभएको बताए ।

Shangri-la Development Bank Ltd.
Nepali patro