आजको विनिमयदर कति छ हेर्नुहोस्

Ghorahi cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६९ पैसा पुगेको छ ।

 

सोमबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा पुगेको थियो । युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४२ रूपैयाँ २१ पैसा छ । सोमबार युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ०० पैसा र बिक्रीमा १४२ रूपैयाँ ६३ पैसा थियो ।

 

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने विक्रीदर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६० पैसा र बिक्रीमा ८ रूपैयाँ ६४ पैसा रहेको छ ।

 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८५ पैसा र बिक्रीदर २७ रूपैयाँ ९८ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ८१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ७६ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६० पैसा तोकिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro