पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

Ghorahi cement

काठमाडौं।सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनीयरिङ्ग फर्म्स (स्काएफ) नेपालको आयोजना तथा निर्माण व्यवसाय विकास प्रबर्ध्दन केन्द्र, निर्माण व्यवसाय महासंघको सहयोगमा ५ दिने पुल डिजाइनको उच्चस्तरीय तालिम नगरकोटमा सम्पन्न भएको छ |

पुल डिजाइनको तालिममा स्काएफ नेपालका सदस्य संस्था, सडक विभाग्, विद्युत बिकास विभाग्, यातायात इन्जिनीयर मञ्च, निर्माण व्यवसाय महासंघको सदस्यहरु मध्ये पुल डिजाइनको प्राम्भिक तालिम लिएका २७ जना छनौट भई तालिम लिएका थिए | सो तालिममा स्थानिय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोग रहेको थियो |

२०८१ बैशाख ९ गते भएको तालिमको उद्घाटन स्काएफका अध्यक्ष इ. ठाकुर प्रसाद शर्मा र सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख इ. ललि जङ खनालले संयुक्त रूपमा गरेका थिए | सो उद्घाटन समारोहमा तालिमका मुख्य प्रशिक्षक,स्थानीय सडक तथा पुल सहयोग इकाइका टिम लिडर इ. शकिल मानन्धरले अतिथीको रूपमा उपस्थिती जनाएका थिए | कार्यक्रम संचालन स्काएफ नेपालको पेशागत क्षमता अभिवृद्धी उप-समितिका संयोजक आ. नविन घिसिङले गरेका

थिए |

दुबै तालिममा वरिष्ठ इन्जिनीयर शकिल मानन्धर, वरिष्ठ इ. रन्जन मानन्धर, इ. सुरेश अर्याल र इ. सरोज घिमिरेले प्रशिक्षण दिनुभएको थियो भने इ. मोहन शर्मा, इ. स्मृती कोजु र इ. सुश्मिता महर्जनले प्रशिक्षण सहयोगिको भूमिका निभाउनुभएको थियो |

त्यसैगरी २०८१ बैशाख १० गतेबाट नगरकोट स्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा संचालित प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी प्राइमाभेराको उच्चस्तरीय तालिममा २९ जना को सहभागिता रहेको थियो |

 

आवासिय रूपमा संचालित दुबै तालिमहरुको संयुक्त समापन नगरकोटस्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा भएको थियो | समापन समारोहको प्रमुख आतिथ्यता निर्माण व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष इ. ए. डि. लामाले गरेका थिए | त्यसैगरी विशिष्ट अतिथीको रूपमा सो कार्यक्रममा निर्माण व्यवसाय विकास प्रबर्ध्दन केन्द्रका प्रमुख भिमार्जुन अधिकारिको उपस्थिती थियो | सो कार्यक्रममा खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख इ. डा. रजित ओझाको समेत उपस्थिती थियो | स्काएफ नेपालका अध्यक्ष इ. ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सो समारोह सम्पन्न भएको थियो |

 

स्काएफ नेपालका महासचिव तथा तालिम निर्देशक इ. कमल कार्किको संयोजनमा दुवै तालिमहरु संचालन भएका थिए l तालिमको स्वागत मन्तव्यको क्रममा तालिम संचालन गर्न तीन संस्थाहरुले खुलेर गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्दै पुल डिजाइन गर्ने क्रममा परिवर्तनको संवाहकको रूपमा सिकाइको साथसाथै अनुभवबाट नै परिवर्तनका लागी पहलकदमी लिने प्रस्थानविन्दुको रुपमा यो तालिम बन्न सक्ने कुरामा आफु विश्वस्त राहेको कुरा औल्यानुका साथै प्रशिक्षार्थिहरुको निरन्तर सहयोग रहने विश्वाश भएको जनाएका थिए|

Nepali patro