बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

Ghorahi cement

कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

 

 

 

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

 

एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।

 

 

यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।

Nepali patro