पत्नीको हत्या गरेर फरार भएका पदम मोरङबाट पक्राउ

Ghorahi cement

 

विराटनगर । मोरङको सुन्दरहरैँचामा पत्नीको हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलका ५० वर्षीय पदमबहादुर तामाङलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको थियो ।

 

पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ

Nepali patro