नेपाल–जापान परराष्ट्रमन्त्री स्तरीय बैठक

Ghorahi cement

काठमाडौं । नेपाल–जापान परराष्ट्रमन्त्री स्तरीय बैठक सम्पन भएको छ । बैठक आइतबार परराष्ट्र मन्त्रालयमा भएको थियो । बैठकमा नेपालको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानको नेतृत्व जापानकी विदेशमन्त्री योको कामिकावाले गरेकी थिइन् । जापानकी विदेशमन्त्री कामिकावा आइतबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

 

“बैठकमा नेपाल–जापान सम्बन्धका सबै आयामहरूमा छलफल भयो,” परराष्ट्र मन्त्रालयका प्रवक्त अमृत राईले बैठकबारे जानकारी दिए । बैठकमा नेपाललाई जापानले दिँदै आएको सहायता तथा सहयोग वृद्धि गर्न अनुरोध गरेको थियो । जवाफमा जापान विदेशमन्त्रीले जापानले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताएको थियो । बैठकमा दुवै देशका मन्त्रीले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन र विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

 

 

क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्दै अघि बढ्नेमा बैठकमा दुवै पक्षले सहमति जनाएका थिए । जापानकी विदेशमन्त्री योकोको आइतबार राति स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Nepali patro