जावा मोटरसाइकलको डिलर जनकपुरमा

Ghorahi cement

काठमाडौँ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि.ले जनकपुरमा जावा मोटरसाइकलको डिलर सञ्चालनमा ल्याएको छ ।

कम्पनीले थापाचोक, जनकपुरमा आफ्नो नयाँ डिलर भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. को स्थापनासँगै सुसज्जित र पूर्ण रूपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम सञ्चालनमा ल्याएको हो ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगञ्ज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुरमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्री यश शोरूम स्थापना गरेको हो ।

भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. का प्रबन्ध निर्देशक विनय मनि शर्माको माता माया देवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रूपमा उक्त शोरुम उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा अग्नि मोटोइंक प्रा. लि. का सेल्स हेड प्रत्युष श्रेष्ठले भने, “जावा मोटरसाइकल शहर बजारमा मात्र नभई हाईवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त छ । मोटरसाइकल पारखीले आफ्नो व्यक्तित्व अनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सक्नुहुनेछ।

अरुभन्दा फरक हुन चाहने, भीडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक टेक्नोलोजीको रेट्रो क्लास्सिक मोटरसाइकल चढ्न चाहने सबैका लागि भनेजस्तै बाइक जावा नै भएको उनको दावी छ । उनी भन्छन्, “देशका विभिन्न स्थानहरूमा राम्रो प्रतिक्रिया पाईरहेको जावा मोटरसाइकलले जनकपुरका युवा तथा मोटरसाइकल प्रेमीहरुका बीच पनि सफलता हात पार्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. का प्रबन्ध निर्देशक शर्माले भनिन्,“सांस्कृतिक तथा पर्यटकीय स्थल भनेर कहलिएको हाम्रो थातथलो, जनकपुरमा क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकल ल्याउन पाउनु हाम्रा लागि निकै गौरवको कुरा हो ।”

जनकपुर र यस वरिपरिका क्षेत्रका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा आफूहरू निकै उत्साहित भएको उनको भनाई छ । उनी भन्छिन्,“जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड हो, जसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु र समय अनुरुप अझ फेसनेबल र बलियो निर्माण सुविधाहरुयुक्त बनेको जावा जनकपुरका ग्राहकहरुमाझ पनि छिट्टै नै लोकप्रिय हुनेमा विश्वस्त पनि छु ।”

त्यस्ते, मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स, सुजिता बस्नेत भन्छिन्, “जावाले सधैं मलाई आकर्षक डिजाईन र कार्यकुशलताले मोहित बनाएको छ। जावा एक मोटरसाइकलमात्र नभई एक क्लास हो ! र यस् कम्पनी सँग आबद्ध हुन पाउदा एकदमै गौराब्वान्वित महसुस गरेको छु”

मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र थापाचोक, जनकपुर आसपासका क्षेत्रमा टेस्ट राईडको सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले थप जानकारी, बुकिङ्ग र टेस्ट राईडका लागि भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेजमा सम्पर्क गर्न सक्नेछन् । साथै जावाका सबै मोडलहरु बीएस–सिक्स मा उपलब्ध छन्।

Nepali patro