पोखरामा सडकसहित घर भासियो

Ghorahi cement

कास्की । पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो ।

सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । सडकसँगै एक घर पनि भासिएर ओढारजस्तै भएको छ । घरको बाहिरी भाग सकुशल रहेपनि भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro