कसैको दबाब र सल्लाहमा नागरिकता विधेयक ल्याइएको होइन:गृहमन्त्री

Ghorahi cement

काठमाण्डौँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमाथि अनावश्यक आसंका नगर्न आग्रह गरेका छन् । सोमबार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले कसैको पनि दबाब, परामर्श र सल्लाहमा नागरिकता संशोधित ऐन नल्याएको दाबी गर्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताए । उनले भने ‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ। नागरिकता ऐन पनि आवश्यकता अनुसार परिष्कृत हुँदै जानेछ’, ‘नागरिकता विधेयकले नागरिकता प्राप्त गर्न खुकुलो बनाउन खाजेको होइन। त्यो खालको आशंका नगर्नुहोस्,नेपाली नागरिकलाई व्यवस्थित गरेर दिन खोजेको हो। अरू कसैको परामर्श, सरसल्लाह, कुनै कारणले विधेयक आएको होइन ।’ संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न उनले सांसदहरुलाई आग्रह गरे। गृहमन्त्री खाँणले नागरिकता ऐन पनि आवश्यकता अनुसार परिष्कृत हुँदै जाने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको बताए।

मन्त्री खाँणले करिव ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण समस्या उत्पनन भएको जिकिर गरे ।

‘गैर आवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्नेगरी प्रमाणपत्र दिने संविधानको प्रावधान नै रहेकाले त्यसको अपब्याख्या नगर्न पनि उनले आग्रह गरे ।

आवासी नेपालीहरु नेपालमै जन्मिएका, बुबा, आमा,बाजे,बज्यैकै सन्तान हुन्। उनीहरु अहिलेको दुनियाँको परिवर्तित माहोलमा संसारको विभिन्न कुनामा बसेका छन्, उनीहरुलाई पनि एकत्रित गरेर उनीहरुले लगानी नेपालमा गर्ने वातावरणका लागि दिन लागिएको हो,’ उनले भने।

 

 

Nepali patro